आइतबार यो वर्षकै सबैभन्दा कम संक्रमित थपिए !

काठमाडौं ।

कोरोना भाइरसबाट आइतबार यो वर्षकै सबैभन्दा कम संक्रमित थपिएका छन् ।

आइतवार ७ सय ३४ जना मात्रै संक्रमित थपिएका हुन् ।

जसमा ७ हजार ३ सय ४ पीसीआर परीक्षणबाट ६ सय ५६ अर्थात परीक्षणको ९ प्रतिशतमात्र संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१४ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

मृतकको दर भने अझै घटेको छैन । आइतबार १२ जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ४० जनाको मृत्यु भइसकेको छ । हाल २४ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार