काठमाडौँ।
सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गरेको छ।
विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको हो । उनको नाम ३६ औं नम्बरमा छ ।
गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले पूर्वप्रधानमन्त्री पत्नी सीतालाई विभूषण सिफारिस गरिएको बताए ।
यसैबीच पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले विभूषण नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत दुवैजनाले विभूषण नलिने जानकारी गराएका हुन् । पत्रकार थापाले विभूषण सिफारिस गर्नुअघि आफूलाई नसोधिएको पनि उल्लेख गरेका छन् ।
गतवर्ष करिब ६ सय जनालाई विभूषण सिफारिस गरिएकोमा अहिले यो संख्या ९ सय नाघेको छ ।
सरकरमा भएका दलका आसेपासेलाई यसरी नै वर्षेनी ठूलो धनराशी खर्च गरेर विभूषण दिँइदै आएको छ । यसअघि विभूषण सिफारिसमा विवादास्पद मानिस पनि परेपछि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले विभूषण बहिष्कार गरेका थिए ।