सरकारले परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाएर मात्रै विद्यालय खोल्ने

काठमाडौं ।

सरकारले कोरोना भाइरस विरुद्ध विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवश्यक अभिमुखिकरण, परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाएर मात्र विद्यालय खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, सिसिएमसी प्रमुख, शिक्षा मन्त्रालयका सचिव, अभिभावक संघ र प्याप्सनका पदाधिकारीहरुको संयुक्त बैठकले कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाई विद्यालय सञ्चालन सम्बन्धि कार्यविधि २०७७ अनुसार विद्यालय खोल्न दिने निर्णय गरेको हो ।

स्थानीय निकायले विद्यालय खोल्न चाहे बालबालिकाको स्वास्थ्य र उपचारको व्यवस्था मिलाइ मापदण्ड कडाईका साथ पालना गराउनु पर्ने भएको छ ।

संक्रमणको जोखिम नघटेको र सबैतिर अवस्था फरक फरक रहेका कारण स्थानीय रुपमै संक्रमणलाई मध्यनजर गरेर विद्यालय खोल्न स्वास्थ्य मन्त्रालयले बाटो खोलिदिएको छ ।

यसअघि शिक्षा मन्त्रालयले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार