राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित

काठमाडौं।

राष्ट्रिय सभाकाे बैठक आउँदाे भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे छ ।

नेकपा एमालेकाे अवराेधका कारण राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे हाे ।

आज बसेकाे पहिलाे बैठकमा एमालेले अवराेध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे ।

त्यसपछि सुरु भएकाे बैठकमा पनि एमालेले अवराेध गरेपछि बैठक भदाै ३० गतेसम्म स्थगित गरिएकाे हाे ।

एमाले सांसदकाे विराेधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएकाे छ ।

एमाले सांसदकै अवराेधका कारण प्रतिनिधि सभाकाे बैठक पनि भाेलि मङ्गलवार २९ गतेसम्मका लागि स्थगित भएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार