पुष्पराज जोशी /लेकुडा, डडेल्धुरा
जीवन नै बेचेरे आएको छु म
खुसीहरु किन्नलाई
सुख पाउने आशको पोको बोकेर
धनका बिटा गिन्नलाई !!१!!
एक मुस्कान कमाउन
कति आँशुका भेल बगाए
जन्मेको देशमा परेको रीनको खाडलबाट
जिवन उदिन्नलाई !!२ !!
भरिलो बैंशमा आएको थिए विदेश
अहिले चाउरिसके गाला
आफैलाई गाह्रो पर्यो
ऐनामा आफ्नै मुहार चिन्नलाई
सुन्छु मेरी आमाको रहरै यत्ति छ रे
एक पटक मलाई हेर्ने
मलाई सपनामै भए नि पुग्नुछ
आमाको डुब्दो उमेर उछिन्नलाई !!३!!
हेर्दा-हेर्दै मेरो आउने बाटो
अब त् थाकिसके उनका नजर
थाहा छैन यो परदेश बाध्यता हो कि रहर ? !!४ !!