काठमाडौं ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे नेपालमा विरोध प्रदर्शन भइरहेको छ । महाराजगन्जस्थित अमेरिकी दूतावसमा पुगेर आन्दोलनकारीले एमसीसीको विरोध प्रदर्शन गर्दै आएका छन् ।
सोमबार एमसीसीको विरोधमा उत्रिएका मोहन वैद्य ‘किरण’ निकट नेकपा (क्रान्तिकारी( माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो । साथै, गृह मन्त्रालयले छिमेकी देशमाथि मान मर्यादामा आँच पुर्याउनेलाई पक्राउ गर्न निर्देशन दिइसकेको छ ।
यहीँ अवस्थामा दूतावासले एमसीसीको सन्दर्भमा अमेरिका वाक स्वतन्त्रको पक्षमा रहेको र एमसीसीबारे तथ्यमा रहेर गरिने बहसको पक्षमा रहेको सोमबार ट्विटमार्फत भनेको छ ।
यसैगरी अमेरिका दशकौं देखि नेपाल र नेपाली जनताको साझेदार रहेको पनि भनेको छ । साथै, अमेरिकाले सधैं दीर्घकालीन समृद्धिलाई समर्थन गर्ने पनि ट्विटमार्फत् भनको छ ।