कहाँ पुर्‍याउँछ समयले म पर्खिरहेको छु

पुष्पराजका गजल


पुष्पराज जोशी/लेकुडा, डडेल्धुरा

भगाईरहेछ जिन्दगीले र भागिरहेको छु
हेरौं कहाँसम्म भगाउँछ हिडिरहेको छु ।।

सफल बनुँ या असफल स्विकार्नु नै छ
बाच्नै संघर्ष गर्नु पर्दोरैछ गरिरहेको छु ।।

सोच्नेले सोच्दाहुन् ऊ त निकै खुसी छ
भित्रभित्रै आफै भित्र कती जलिरहेको छु।।

जे हुनुछ त्यो भएर नै छाड्नेछ एकदिन
कहाँ पुर्‍याउँछ समयले म पर्खिरहेको छु ।।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार