लिस्बन।
बलात्कार अभियोगमा ग्रिसमा पक्राउ परेका पोर्तुगाली फुटबलर रुबेन सेमेदो १० हजार युरो धरौटीमा छुटेका छन्।
उनि ग्रिसमा एक १७ बर्षीय युवतीलाई बलात्कार अभियोगमा पक्राउ परेका थिए।
उनि धरौटीमा रिहा भएतापनि ग्रिस प्रहरीको प्रत्यक्ष्य निगरानीमा रहनेछन। उनले ग्रिसमा यात्रा गर्दा प्रहरीलाई जानकारी दिनुपर्नेछ।
धरौटीमा बिहिवार छुटेपछि उनले पत्रकारहरुछोटो कुरा गर्दै भने, ” म आज धेरै बोल्दिन, तर एउटा कुरा मात्रै भन्छु कि यदि म फुटबलर नभएको भए यो घटना सामान्य हुन्थ्यो।
यो घटना पैसाका लागि भएको हो। ”
उता बलात्कारको शिकार भएकी युवतीको मेडिकल रिपोर्टमा आरोप लगाएकै दिन यौन सम्पर्क भएको निस्कर्ष निकालेको छ।