सविन धिताल, लिस्बन।
पोर्चुगलमा ८३ प्रतिशत नागरिकले कोरोना बिरुद्धको भ्याक्सिनको कम्तिमा एउटा डोज लगाएको तथ्य स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ।
त्यस्तै ७३ प्रतिशतले भ्याक्सिनको पूर्ण डोज लगाईसकेको महानिर्देशनालयले जनाएको छ। कोरोनाको बिरुद्धको पूर्ण खोप लगाउनेको संख्या ७५ लाख, ७६ हजार ३३६ नाघेको छ।
पोर्चुगलमा खोप कार्यक्रममा ०-१२ बर्ष उमेर समुहलाई समावेश गरिएको छैन। १२-१७ बर्ष उमेर समूहमा ७४ प्रतिशतले खोपको पहिलो डोज लगाईसकेका छन् भने ७ प्रतिशतले पूर्ण खोप लगाएका छन्।
६५ बर्षबढी उमेर समुहमा ९९ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाईसकेका छन्। त्यस्तै २५ बर्ष बढी उमेर समुहमा ८२ प्रतिशत नागरिकले समेत खोपको दुबै मात्रा लगाईसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा अधिकाँस जनासंख्याले कोरोना बिरुद्धको खोप लगाईसकेको भएतापनि कोरोनाको जोखिम अन्त्य भईसकेको छैन। पछिल्लो २४ घन्टामा १,५६५ जना संक्रमित थपिएका छन् भने कोरोनाकै कारण १४ जनाको ज्यान गएको छ।