काठमाडौं ।
विवाहमा बेहुली रुने चलन धेरै पहिलेबाट चलिआएको हो । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष रुने चलन अझै बिध्यमान छ ।
भारतको ओडिसामा एउटा यस्तो घटना घटेको छ जुन घटना सुन्दा तपाइलाई अच्चम्म लाग्छ । विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मुत्यू भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।
दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन् । आफन्त कोहीले पानी छम्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् ।
डाक्टरले युवतीको मृत्यु हार्दट अट्याकको कारणले भएको बताएका छन् ।