नेपालमा किन आउदैछिन एमसीसी उपाध्यक्ष फातिमा सुमार ?

काठमाडौँ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार अर्को हप्ता नेपाल आउने भएकी छन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् ।

स्रोतका अनसार भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत केही सांसदहरुलाई भेट्ने कार्यक्रम छ ।

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपध्यक्ष पदमा नियुक्ति भएकी हुन् । उनी एमसीसी अनुदान सम्बन्धी नेपाल–अमेरिका अन्तिम छलफलका क्रममा सहभागी थिइन् । नेपालले एमसीसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार