काठमाडौं ।
काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् ।
आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
उनका अनुसार स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिने तयारी भएको हो । उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए ।