नेपालमा कोरोना : संक्रमणबाट आज २० जनाको मृत्यु

काठमाडौँ।

कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ६४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको छ ।

आज १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छा् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ सय २३ जना पिसीआर र १ सय ४१ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार