पोर्चुगल : बाइरो अल्तोमा युवाहरुलाई तितरबितर गर्न प्रहरीले झापट हानेपछि …

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनको बाइरो अल्तोमा सप्ताहन्तमा रमाइलो गर्न भेला भएका सयौ युवाहरुलाई तितरबितर गर्न प्रहरीले बल प्रयोग गरेको छ।

बाइरो अल्तोमा बिना मास्क भेला भएका युवाहरुलाई मास्क प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न प्रहरीले अनुरोध गर्दा नमानेपछि प्रहरीले बल प्रयोग गर्दै युवामाथि थप्पड हानेका थिए।

सिएम टिभीले प्रशारण गरेको एक भिडियोमा एक युवाले प्रहरीको अपमान गरेपछि प्रहरीले थप्पड हानेको देखाईएको छ।

घटना शनिवार रातिको हो। पोर्चुगलमा सरकारले जनजीवन सामान्य बनाउन चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्दै लागेको छ।

जनजीवन सामान्य बन्दै गएतापनि कोरोनाको जोखिम भने कम भएको छैन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा १ हजार ७८२ जना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणकै कारण १० जनाको ज्यान गएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार