पूर्व उपमेयर भट्टराईसहित १२ जना कांग्रेस प्रवेश

पोखरा ।

पोखराका पर्यटन व्यवसायी तथा पुर्व उपमेयर गणेशबहादुर भट्टराई सहित १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपाको राजनीतिबाट उपमेयर बनेका भट्टराई शुक्रबार कांग्रेसको प्रवेश गर्नुभएको हो ।

भट्टराई सहित पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, जीवन भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोकुमार भण्डारी, ई. विकास भट्टराई, ई. विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई लगायतलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वालुवाटारमा पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेशपछि भट्टराईले गण्डकी प्रदेशमा कांग्रेस स्थापित गराइराख्न र थप मजबुत गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले लोकतन्त्रलाई सबै युवाहरूले आत्मसात गरेको भन्दै युवाकै लागि आफूलाई समर्पित गर्ने बताउनुभयो । पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूर्ण रुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा कांग्रेस थप बलियो हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार