अफगानिस्तानको कावुल एयरपोर्टमा भएको वम विस्फोटमा १३ अमेरीकी सहित ६० जनाको मृत्यु भएको छ । १ सय ६० भन्दा बढि घाईते भएका छन् ।
एयरपोर्ट नजिकै भएका २ वटा शक्तिशाली विस्फोटमा १३ जना अमेरीकी सहित ६० जनाको मृत्यु भएको विविसीले लेखेको समाचारमा उल्लेख गरिएको छ ।
जियादी समुहले विस्फोटका जिम्मा लिएको छ । पहिलेनै विस्फोटको चेतावनी दिएपनि हजारौ नागरिकहरु एयरपोर्टमा उद्धारको पखाईमा थिए । अहिलेपनि हजारौ नागरिक उद्धारको पर्खामा रहेको विविसिले समाचार लेखेको छ ।
तालिवान विद्रोहीले शक्ता नियन्त्रणमा लिएपछि भएको यो सबैभन्दा ठूलो घट्ना हो । कावुलमा रहेको हामिद कार्जाई इन्टरनेश्नल एयरपोर्ट अहिलेपनि अमेरीकी शेनाको नियन्त्रणमा रहेको छ ।
यसैबीच विस्फोटले आफ्नो मिसनलाई कुनै असर नपर्ने अमेरिकी राष्ट्रपति जोवाईजेनले बताउनुभएको छ ।
अहिले जारी रहेको उद्धारको कार्या जारी रहने र उद्धारको मिसनलाई पुरा गरेरै छाड्ने राष्ट्रपति वाईडेनले बताएको विविसीले समाचार लेखेको छ ।