काबुल।
काबुल विमानस्थलमा भएका दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा परी चारजना अमेरिकी सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएको वालस्ट्रिट जर्नलले जनाएको छ ।
काबुलका लागि अमेरिकी राजदूतले अमेरिकी सेना मारिएको पुष्टि गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले विस्फोटको बाबजुद पनि ३१ अगस्टमा अमेरिकी सेनाले काबुल छाड्ने समयसीमामा कुनै परिवर्तन नहुने बताएका छन् ।