काठमाडौं।
१४ हजार ८१० नमूना परीक्षणमा २५ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा ९ हजार ९०९ नमूनाको पीसीआर र ४ हजार ९०१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये २ हजार २० जनाको पीसीआर र ५०५ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, मंगलबार थप २ हजार ८६ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हालसम्म कोरोनाको सक्रिय संक्रमित ३८ हजार २५० जना रहेको मन्त्रालयले जनाएको छ।
यस्तै ६२० जनाको आइसीयू र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।