लण्डन।
अफगानिस्तानको काबुलबाट मानिसहरूलाई उद्धार गर्नका लागि युक्रेनले पठाएको विमान अज्ञात समूहले अपहरण गरेर इरान लगेको युक्रेनका परराष्ट्र राज्यमन्त्रीले जानकारी दिएका छन् ।
येभ्गेनी येनिनका अनुसार, मंगलवार विमान युक्रेनीहरूबाट खोसेर इरान लगिएको थियो । त्यस विमानमा युक्रेनीहरूलाई नराखी पहिचान नखुलेका अन्य यात्रुहरूको समूहलाई राखेर उडाइएको थियो ।
त्यसपछि पनि युक्रेनले उद्धारका लागि तीनपटक गरेको प्रयास सफल हुन नसकेको येनिनले बताए । विमानमा युक्रेनीहरू बस्न नसकेको उनको भनाइ छ ।
गत आइतवार पनि विमान अपहरण गरिएको उनले बताए ।
विमानलाई के गरियो र कीएभले विमान फिर्ता लिनका लागि कोशिश गरेको छ कि छैन भनी येनिनले खुलाएनन् । अपन युक्रेनी नागरिकहरू काबुलबाट कसरी फर्किए भनेर पनि उनले जानकारी दिएनन् ।
युक्रेनीहरू अपहरणमा परेको त्यही विमानमा चढेका थिए कि कीएभले अर्को विमान पठाएर उनीहरूलाई उद्धार गरेको थियो खुलेको छैन ।