कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

काठमाडाैं |

ress

नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्ने लगायत माग गरेका छन् ।

कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले मंगलवार केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

धर्नामा पार्टीका केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापा लगायतले ऐक्यबद्धता जनाएका छन् ।

यसअघि भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराएका थिए ।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार