सोझो बाटो हिँडेर त कुनै उन्नति छैन

गजल


-पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा


तिम्रो, मेरो रोगको दुनियाँमा, कुनै पनि ओखती छैन।
महोदय,तपाईंको अधीनमा आफ्नै मती छैन।

दाजु,भाइको नाता लगाई मेरो नजिक नहुनु
अंशबण्डा गर्न, म सँग प्रयाप्त सम्पति छैन।

ऊ जित्न होइन, केही सिक्न गएको थियो
त्यसैले त हारेर पनि उसलाई, कुनै क्षति छैन।
तपाईं भन्नु हुन्छ, मन्द मुस्कुराएको राम्रो
अरे यार, खुसीको कुनै निश्चित गति छैन।

लुट्ने, छल्नेहरु नै माथिल्लो तहमा पुगेको देख्दा
लाग्छ,सोझो बाटो हिँडेर त कुनै उन्नति छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार