काठमाडौं – अहिले गर्मीको मौसम छ । यो मौसममा गर्मीका कारण शरीर आलस्य हुने, थकाई लाग्ने र काम गर्न जाँगर नचल्ने हुन्छ । गर्मी मौसम खाना पनि नरुच्ने हुन्छ । गर्मीमा खानपिनमा विशेष ध्यान दिन नसक्दा विभिन्न समस्या पनि देखिन्छन् ।
त्यसैले यो मौसममा नियमित खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्मीका कारण निद्रा पनि नलाग्ने हुन्छ । यदि तपाईलाई पनि गर्मीका कारण निद्रा नलाग्ने समस्या छ भने केही उपायहरु छन् ।
यदि हाम्रो आहारमा कमी आएमा पाचन प्रक्रियामा गडबडी हुन्छ र निद्रा पनि लाग्दैछ । यस्तो बेला हामिले भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खानेकुरा खानुपर्छ ।
आलु – तरकारीको राजा आलु हरेकको घरघरमा पाक्ने गर्छ । आलुले पनि निद्रा नलाग्ने समस्या हट्छ । निद्राको समस्या हुनेले आलु उमालेर वा भुटेर खानु राम्रो हुन्छ । आलु छिटो पच्ने भएकाले निद्रा चाँडै लाग्छ ।
सजिवन – सजिवन बारे धेरैलाई थाहाँ नहुन सक्छ । यसले शरिरमा पानीको स्तरलाई कायम राख्न सहयोग पुर्याउछ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन नदिई गर्मी हुनबाट टाढा राख्छ ।
फर्सी – गर्मी मौसममा फर्सी पनि सजिलै पाइछ । गर्मी हटाउन फर्सीले धेरै सहयोग पुर्याउछ । फर्सीमा हुने ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । दिमागमा हुने रसायन सेरोटोनिन हो । यसले मूड फ्रेश गर्नुको साथै उदासी हटाउँछ । जसका कारण निद्रा लाग्छ ।
लौका – लौका पनि सजिलै पाइने तरकारी हो । गार्मी हटाएर निद्रा लगाउन लौकाले सहयोग गर्छ । लौकाको सेवन गरेमा शरिरमा पानीको कमी हुँदैन । जसले गर्द अल्छि र निद्रा लाग्दैछ । गर्मीमा हरिया सागसब्जी, फल र लगातार पानी पिउनु राम्रो हुन्छ ।