बेजा।
ओदिमेइरा नगरपालिकामा भएको भिषण आगलागी निभाउन ४३५ भन्दा बढी फायरफाइटर र अधिकारीहरु संघर्ष गरिरहेका छन्।
लुसा समाचार एजेन्सीले दिएको जानकारी अनुसार आगलागीका कारण आज बेलुका ९ बजेदेखि जीएनआर प्रहरीले इआर २६६ हाइवेमा ट्राफिक बन्द गरेको छ।
नेशनल इमर्जेन्सी एण्ड सिभिल प्रोटेक्सन अथोरिटीका अनुसार आगलागी निभाउन ४३५ बढी फायरफाइटर र अधिकारीहरु परिचालन गरिएको जनाएको छ।
त्यस्तै १५२ बढी अग्नि नियन्त्रक गाडीहरु समेत प्रयोग गरिएको बताईएको छ।