काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्नेछन् ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न सकिने प्रावधान थियो । यो प्रावधान खुकुलो पार्दै नयाँ अध्यादेशले अब दल विभाजनका लागि सहज बनाएको हो ।
अध्यादेश जारी भएसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ ।
पार्टी विभाजनका लागि एमालेको नेपाल–खनाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।