पोर्चुगलमा कोभिड : मृतकहरु प्रायः भ्याक्सिनको दुबै डोज लगाउनेहरु भएको तथ्य सार्वजनिक !

लिस्बन।

पोर्चुगलमा कोभिड संक्रमणबाट मृत्यु हुनेहरु प्रायः भ्याक्सिनको दुबै डोज लगाईसकेकाहरु रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

मृतकहरु अधिकांस ८० बर्ष बढी उमेर भएका र भ्याक्सिनको डोज पुरा गरिसकेकाहरु रहेको उसले बताएको छ।

स्वास्थ्य महानिर्देशनालयकी निर्देशक ग्रासा फ़्रेइतसले पत्रकार सम्मेलनमा थपिन् , ” सरकारले जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको छ। तर कोरोनाको जोखिम कम भएको छैन। त्यसैले स्वास्थ्य महानिर्देशनालयका स्वास्थ्य नियमहरु पालना गर्नु अत्यावश्यक छ। ”

स्वास्थ्य महानिर्देशनालयकी निर्देशक ग्रासा फ़्रेइतसका अनुसार ८० बर्ष बढी उमेर समुहका व्यक्तिहरु उमेर नाघिसकेका र धेरै बिरामी पनि हुने भएकोले उनीहरुले भ्याक्सिन लगाएतापनि डेल्टा भेरीयन्टसंग खोपको प्रभावकारिता कम भएकोले मृत्युदर बढी भएको बताएकी छिन्।

उनले भनिन् , ” पोर्चुगलमा हालैका दिनहरुमा कोरोनाका बिरामीहरुमा डेल्टा भेरियन्ट बढी देखापरेको छ। कोभिडबाट बच्न खोजको दुबै डोज अनिवार्य छ। पूर्ण खोज लगाएतापनि उमेरका कारण र कयौ कठिन रोगहरुका कारण उनीहरुमा खोपको प्रभावकारिता कम देखिएको छ। ”

स्वास्थ्य महानिर्देशनालयकी निर्देशक ग्रासा फ़्रेइतसले पत्रकार सम्मेलनमा थपिन् , ” सरकारले जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको छ। तर कोरोनाको जोखिम कम भएको छैन। त्यसैले स्वास्थ्य महानिर्देशनालयका स्वास्थ्य नियमहरु पालना गर्नु अत्यावश्यक छ। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार