लिस्बन।
पोर्चुगल सरकारको विदेश सेवा र सीमाहरु हेर्ने निकाय सेफको हड्तालका कारण १५ अगस्तमा लिस्बन एयरपोर्ट अस्तव्यस्त भयो ।
हड्तालका कारण हवाई यात्रुहरुलाई एयरपोर्टमा ४ घण्टाभन्दा बढी कुर्न बाध्य भए।
हड्तालका कारण कयौ उडानहरु रद्द समेत भए।
सेफले लिस्बन एयरपोर्टका साथै पोन्ता देल्गदा एयरपोर्टमा समेत हड्ताल गरेका थिए।
सरकारले सेफ प्रहरीको अधिकार बांडफांड गर्ने कानुन ल्याएपछि सेफका अधिकारिहरुले आफ्नो भबिष्य र अधिकारको सुनिस्चितताको लागि चरणबद्ध हड्ताल गर्दै आएका छन्।
सरकारले सेफको अधिकार पिजे प्रहरी, पीएसपी प्रहरी र जीएनआर प्रहरीलाई समेत बांडफांड गर्ने कानुन ल्याएको छ।
सरकारले आफ्नो अधिकार र जागिर सुनिस्चितताको बारेमा ध्यान नदिएको भन्दै सेफका अधिकारिहरुले अगस्तको अन्त्यसम्म चरणबद्ध रुपमा देशभरहड्ताल गर्ने चेतावनी दिएका छन्।
उता उड्डयन प्राधिकारण (आना) ले हवाई यात्रुहरुलाई सेफ हड्तालका कारण अधिकांस फ्लाइटहरु प्रभावित हुने भएकोले घरबाट निस्कनु अगाडी सूचना लिन र अधिक समय अगाडी नै एयरपोर्टमा पुग्न सुचित गरेको छ।