चीनको भन्यो, ” तालिबानको साथ मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छौं “

काठमाडौँ ।

अफगानिस्तानको राजधानी काबुलमाथि कट्टरपन्थी विद्रोही समूह तालिबानको नियन्त्रणपछि चीनले तालिबानसँग मैत्री सम्बन्ध बनाउन चाहेको जनाएको छ ।

सोमबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङ्गले अफगानिस्तानका मानिसहरुले आफ्नो भविष्यको फैसला आफैँले गर्नुपर्नेमा जोड दिनुभयो । चीनको अफगानी नागरिकको स्वतन्त्रताको हकको सम्मान गर्ने उल्लेख गर्दै उहाँले अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढ्न तयार भएको बताउनुभयो ।

यसअघि नै चीनले काबुलमा रहेको आफ्नो दूतावास बन्द नगर्ने निर्णय गरिसकेको छ । चीनले अफगानिस्तानमा भएका आफ्ना नागरिकलाई घरभित्रै बस्न र सावधान हुन आग्रह गरेको छ । यसका साथै उसले अफगानिस्तानको भिन्न गुटसँग आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि भनेको बीबीसीले जनाएको छ ।

तालिबानको प्रतिनिधि गत जुलाइमा चीन भ्रमणमा गएका थिए । चीनमा उनीहरुले विदेश मन्त्री वाङ यीसँग भेटवार्ता पनि गरेका थिए । त्यो समयमा यो बैठकलाई राजनीतिक रुपमा तालिबानको अन्तर्राष्ट्रिय मान्यताको रुपमा हेरिएको थियो । सोही समयमा चीनको विदेश मन्त्रालयलले अफगानिस्तानको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्ने जनाएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार