बायर्न |
बायर्न म्युनिकका लेजेन्ड गर्ड मुलरको आइतबार निधन भएको छ । बायर्नले आइतबार बिहान उनको निधन भएको पुष्टि गरेको छ । मुलर ७५ वर्षका थिए ।
सन् १९६४ देखि १९७९ बीच उनले बायर्नका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरे । उनले चार बुंडेसलिगा र तीन युरापेली कपको उपाधि जिते ।
पश्चिम जर्मनका लागि पनि उनी सफल खेलाडी रहे । उनले तत्कालीन पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरे ।
सन् १९७० को बेलन डे’अर विजेता मुलरले सन् १९७४ को विश्वकपमा चार गोल गरे र पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेको थियो ।