लिस्बन।
नेपालमा करोडौ ठगी गरेर पोर्चुगलमा सम्मानित ब्यापारी बनेका एक नेपालीलाई नेपाल प्रहरीको इन्टरपोलको टोलीले पोर्चुगलबाटै पक्राउ गरेर नेपाल लागेको छ।
काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका थिए।
नेपालमा ठगी गरेर युरोप गएका ढुंगाना पोर्चुगलमा सफल ब्यापारी भई बसेका थिए। डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोलीले पोर्चुगल पुगेर उनलाई पक्राउ गरेर शनिवार नेपाल पुर्याएको छ। ।
ढुङ्गानाले तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देव: विकास बैङ्क) लाई ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा (सीआईबी) मा परेको थियो । ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो । त्यस्तै उनले विभिन्न व्यक्तिहरुबाट पनि करोडौ ठगी गरेका थिए।
घटनाको मुख्य योजनाकार मानिएका केदार ढुङ्गाना भने फरार भई पोर्चुगल हानिएका थिए । उनि पोर्चुगल सहित युरोपका विभिन्न देशमा ब्यापार गरेर बसिरहेका थिए।