एनआरएनए पोर्चुगल दुई चिरामा विभाजित : एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्ष मत गन्दै अर्कोतिर नेकपा, जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दै !

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलको निर्वाचन विवादले उग्र रुप लिएको छ। आठौ अधिबेशनसम्म आइपुग्दा संघ दुई भागमा विभाजित भएको छ।

एकातिर एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्षले आज मत गन्दैछन् भने अर्कोतिर नेकपा र जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दैछन्।

काङ्ग्रेस, माओबादी र नेकपाको माधव नेपाल पक्षले राजधानी लिस्बनको जिनाजियो हलमा आज मतगणना गर्दैछन्। रबिन अधिकारी र उनको टिम यतातिर छ।

अर्कोतिर संघ र निर्वाचन समितिसंग असन्तुष्ट रहेको पक्ष नेकपा, जसपा र स्वतन्त्र उम्मेदवारले जिनाजियो हल अगाडी कनई छेउमा रहेको एभरेष्ट हलमा दिउसो १ बजे घोषणा सभा तथा सपथ ग्रहण गर्दैछन। सोम शेर्पा र उनको प्यानल यो समुहमा रहेको छ। पहिलो चरणको निर्वाचनमा नै धाँदली भएको भन्दै सोम शेर्पा र उनको प्यानलले दोश्रो चरणको नर्थ, अलेन्तेजो र अल्गार्भको अनलाइन निर्वाचनलाई बहिष्कार गरेको थियो ।

पोर्चुगलमा एनआरएनए स्थापना भएदेखि नै संघमा एकल बर्चस्व राख्दै आईरहेको नेपाली कांग्रेस समर्थक जनसम्पर्क समितिले हरेक बर्ष निर्वाचनमा गर्ने ज्यादती र संघको काम कारवाहीमा गर्ने दबदबाका बिरुद्ध यो स्थिति सिर्जना भएको हो। जनसम्पर्क समितिले हरेक बर्ष बुथ क्याप्चर गरेर आफ्नै प्यानलमा मात्रै एकछापे मत खसाल्दै आएको इतिहास साक्षी छ।

जनसम्पर्क समितिले आफ्ना मुट्ठीभरका मान्छेहरुलाई मात्रै संघमा स्थान दिने र संघभित्र बढ्दै गएको ठगी , दलाली र गुण्डागर्दीलाई पश्रय दिदै आएको छ।

संघभित्र जनसम्पर्क समितिको एकल दबदबा र ज्यादतीको परिणाम नै संघ विभाजनको प्रमुख कारण भएको जानकारहरु बताउछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार