लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलको आठौ अधिबेशन र निर्वाचनको बिषयलाई लिएर संघभित्र विवाद चुलिएको छ। संघको १ अगस्तमा भएको निर्वाचनमा ४ क्षेत्रहरुमध्ये लिस्बनमा मात्रै निर्वाचन सम्पन्न हुनसक्यो र बाँकी तीन क्षेत्रहरु अलेन्तेजो, अल्गार्भ र नर्थमा निर्वाचन रद्ध भयो।
संघले आज मध्यराति करिव १२ बजेर २१मिनेट जाँदा एक सूचना जारी गर्दै निर्वाचन रद्ध भएका तिनवटै स्थानहरुमा १० अगस्त, मंगलवारको दिन मतदान हुने सूचना जारी गर्यो। यसघि लिस्बनमा प्रतक्ष्य मतपत्रमा मतदान भएतापनि आज हुने भनिएको निर्वाचन अनलाइन पद्धतिद्वारा हुने भन्दै संघले अनलाइन मतदान कसरि गर्ने भन्ने बारे भिडियो समेत प्रकाशित गर्यो।
आज हुने भनिएको अनलाइन पद्धतिको निर्वाचनको सूचना आएको ३ घण्टा नबित्दै संघले रातको ठिक २ बजेर ५९ मिनेट जादा आज हुने भनिएको निर्वाचन सम्बन्धी सूचना गलत भएको भन्दै कुनै पनि निर्वाचन तालिक नरहेको अर्को सूचना प्रकाशित गर्यो।
आफैले प्रकाशित सूचना गलत भन्दै आज मिति १०/०८/२०२१ गते मङ्गलबारकाे दिन पोर्चुगलमा कुनै पनि मतदान कार्यक्रम नरहेको जनाउने संघले मतदाताहरुलाई अन्यौलमा पारेको छ। गलत सूचना प्रकाशित गर्ने संघले जानकारी दिएतापनि पनि असुविधाका लागि मतदाताहरुसंग क्षमायाचना समेत गरेको छैन।
संघको निर्वाचनको बिषयलाई लिएर यसघि असन्तुष्ट पक्ष र संघबिच विवाद हुदै आएतापनि अहिले आएर निर्वाचन समिति र संघबिच नै तालमेल नमिलेको स्पष्ट हुन्छ। निर्वाचन समितिले गरेको निर्णय नै गलत भन्दै संघले सूचना प्रकाशित गरेपछि आम मतदाता अन्यौलमा मात्रै परेका छैनन्, आक्रोशित पनि भएका छन्।
निर्वाचन र मतदानको बिषयमा असन्तुष्ट रहेका एक पक्षले संघको कार्यालयमा २ दिन अगाडी ताला समेत लगाइदिएका छन्। संघ र सन्तुष्ट पक्षबिच सहमति हुन नसक्दा संघको कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन।