रेडियो सम्पादकको हत्या, एक पत्रकार बन्धक

अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधानसम्पादक टोफान ओमारीको काबुलको देह सब्ज जिल्लामा हत्या भएको छ ।

उनलाई अफगान तालिबान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यसैगरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ ।

अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार स्थानीय बुस्ट रेडियो स्टेशनका प्रधानसम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए ।

ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको बताइएको छ । खानमा प्रेसले बताएअनुसार अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार