काठमाडौं ।
नेपालमा पछिल्लो पटक ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा २२ सय ३१ र एन्टिजेनबाट ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा ९ सय १० जना संक्रमित थपिएका छन् ।
ति मध्ये काठमाडौंमा ५ सय ९३, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय २८ जना छन् । उपत्यका बाहिर कास्कीमा २ सय २५, चितवनमा १ सय ५०, झापामा ९१, सुर्खेतमा ८९, बागलुङमा ८७ र सुनसरीमा ८२ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। पछिल्लो पटक १७ सय २२ जना संक्रमण मुक्त भएका छन ।
सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ पुगेको छ । पछिल्लो पटक थप एक लाख ९१ हजार तीन सय ३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।