पपुवा न्युगिनीसँग क्रिकेट खेल्ने नेपालको तयारी !

काठमाडौँ ।

नेपाली क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग ५० ओभरको खेल खेल्ने तयारी गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले पपुवा न्युगिनीसँगको खेलका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति मागेको बताए ।

उनले अनुमति आउने बित्तिकै नेपाल खेल खेल्न तयार भएको जानकारी दिए।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँगसँग दुई खेल खेल्ने तयारी गरेकाे हाे ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । उक्त सिरिज ओमानमा हुने तय भइसकेको छ ।

सिरिजका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । लिगमा नेपालले ४ खेलमा ४ अङ्क जोडेको छ ।

नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
# फाइल फोटो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार