लिस्वन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचनमा ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध भएपछी निर्वाचन समितिले क्रस भोटिङमा प्रतिबन्ध लगाएको छ।
संघका ४ निर्वाचन क्षेत्रहरु लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ पोर्तो मध्ये आज लिस्बनमा मात्रै निर्वाचन हुदैछ। अन्य ३ क्षेत्रहरुमध्ये अल्गार्भ र अलेन्तेजोमा मतदानकेन्द्रको बारेमा बिबाद भएकोले र नर्थ पोर्तोमा निर्वाचन समय शुरु हुनुभन्दा २ घण्टा पहिले नै मतपेटिकामा २२ मत खसालेर धाँधली भएको पाईएकोले यी तीन वटै क्षेत्रमा निर्वाचन रद्ध भयको हो।
निर्बाचन संयोजक रमेश कुमार गुरुङका अनुसार अल्गार्भ अलेन्तेजो र नर्थमा नाम भएका पञ्जिकृत सदस्यले लिस्वनमा बुथमा मत खसाल्न पाएनन् ।
त्यस्तै निर्वाचन रद्द भएका अल्गार्भ, अलेन्तेजो र नर्थमा निर्वाचन कहिले हुने बारेमा अहिलेसम्म समितिले कुनै सूचना दिएको छैन , तर यी क्षेत्रहरुमा पनि क्रस भोटिंगमा प्रतिबन्ध लगाईको बुझिएको छ। लिस्बन क्षेत्रका मतदाताहरुले पनि निर्वाचन रद्ध भएका यी तीनै क्षेत्रमा मतदान गर्न पाउने छैनन्।
गैर आवासिय नेपाली सघं पाेर्तुगलकाे निर्वाचन २०२१-२३ को लागि कुल मतदाता संख्या १६८८ मध्ये लिस्बोनमा कुल मतदाता संख्या १०७० रहेको छ ।अलेन्तेजो क्षेत्रमा २३८ जना, अल्गार्भमा २३६ जना र नर्थमा ९१ जना मतदाता रहेका छन्।
अघिल्ला बर्षहरुमा सबै क्षेत्रहरुमा मतदान एकै समयमा सम्पन्न हुने भएकोले केन्द्रसँग समन्वय गरी क्रस भोटिंग गर्न सकिने सुबिधा थियो।