लिस्बन।
संचारकर्मी यादव देवकोटाले नेपाल प्रेस युनियन र अन्तराष्ट्रिय नेपाली साहित्य समाज छोडेका छन्। उनी आफ्नो कार्यव्यस्तता देखाउदै दुबै संस्थाबाट आजकै मितिदेखि लागु हुनेगरि बाहिरिएका हुन् । देवकोटा यी दुबै संस्थाको पोर्चुगल शाखामा आबद्ध थिए।
पोर्चुगलबाट प्रकाशित हुने युरोपको अनलाइन पत्रिका भ्वाइस अफ नेपालको अनलाइन टेलिभिजन शो “नेपाल ट्क्स” मार्फत दर्जनभन्दा बढी अतिथिसंग अन्तरबार्ता लिएका देबकोटा अन्य सस्थाहरुसग पनि आबद्द थिए ।
दर्जनभन्दा बढि एपिसोड तयार गरिएको उक्त कार्यक्रममा चर्चित गायिका नलिना चित्रकर देखि नेपाली काँग्रेसका प्रबक्त्ता बिश्व प्रकाश शर्मा, कुशल संचारकर्मी नरेश भट्टराइ र बिभिन्न कुट्नैतिक नियोगका बिशेस व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
सुरुवाति दिनमा न्युज २४ टेलिभिजनको युरोप संवाददाता भएर पोर्चुगलबाट संचारकर्म गरेका देवकोटा पछिल्लो समय नेपालको कुनैपनि संचार संस्थासंग आबद्द छैनन् ।
उनले सामाजिक सन्जाल मार्फत अनेसास पोर्चुगल र नेपाल प्रेस युनियनबाट बाहिरिएता पनि आफु संचारकर्ममा भने निरन्तर लागिरहने जनाएका छन् ।
“कुनैपनि सामाजिक सस्थामा रहनु र नरहनुले संचारकर्ममा खासै प्रभाव भने पर्दैन । समाजिक सस्थामा सकृय हुन नसकेपनि संचारकर्म चाहिँ निरन्तर रहनेछ । संचारकर्म पनि समाजिक सेवा नै हो । संचारकर्मबाट म बाहिरिएको हुदै होइन। अझ बलियो र दरिलो हुदै सबैको बिश्वास जित्न अनवरत लाग्नेछु ।”, देवकोटाले बताए।
पछिल्लो समय कोभिडको लहरसंगै उनका अन्तरवार्ताहरु खासै रेकर्ड गरिएको छैनन् ।