जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पायो, महन्थ ठाकुर पार्टी विहिन

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर समूहले अर्काे पार्टी दर्ता गर्नुपर्ने भएको छ ।

यादव समूहमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य रहेपछि निर्वाचन आयोगले सोमबार उक्त समूहलाई पार्टीको आधिकारिकता दिदै ठाकुर समूहलाई नयाँ दल दर्ता गर्न भनेको छ ।

आयोगका सूचना अधिकारी सुरेश अधिकारीले जसपाको आधिकारिकता यादव समूहलाई गएकाले ठाकुर समूहले अब अर्काे पार्टी गठन गर्नुपर्ने बताए ।

५१ सदस्यीय रहको जसपामा १ तटस्थ गरी ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले आइतबार हस्ताक्षर गरेका थिए।

यादव पक्षमा बहुमत रहेपछि उक्त समूहलाई आयोगले पार्टीको आधिकारिकता दिएको हो ।

यसअघि पार्टी आधिकारिकता विवादकै सिलसिलामा हेड काउन्ट गर्न आयोगले दुवै समूहलाई बोलाउँदा ठाकुर समूहले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेको थियो । तर, सर्वाेच्चले ठाकुरको विपक्षमा मुद्धाको फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार