पुष्पराज जोशी / लेकुडा, डडेल्धुरा
यता हेर्छु उता हेर्छु
यो “नेपाल लक डाउन”को बेला
कतै हिड्न मन लाग्दैन
पट्यार लाग्छ मलाई
आखिर लेख्ने मानिस न हु
लेख्न नपाको नि धेरै दिन भो
अनि लेख्न थाले
जताततै बिगबिगि देख्छु
मानमर्दन हराएको धेरै
अनेकन तर्क-बितर्कले
सामाजिक संजाल
बिक्षिप्त छ
कोहि यो बेला चुनावको
हो हल्ला फिजाउछन त
कोही दिपप्रज्वलनमा ब्यस्त छन
कोही राहत बाढ्नेकुरामा
कोकोहल्ला मच्चाइरहेछ्न
खै म शान्ति खोजौ कहाँ?
यो बेला सबैले हातेमालो गर्नुपर्ने हो
सामुहिक एकतामा बाधिनुपर्ने हो
लक डाउनको पूर्ण पालना
गर्नुपर्ने हो
तर
आजको आधुनिक मानव
यस्तो भै रा छ कि
उ सद्बुद्धी दिनेहरुको
कुरा सुन्दैन
बरु आफ्नो गुणगान गाउँदै
अरुलाई पखाल्छ
त्यसैले ए मानव!
तिमी होसमा आउ
ती झुपडीमा बस्ने
गरीबहरुको
आत्मामा मलम लगाउ….???