बेल्जियम।
गैर आबासीय नेपाली संघ बेल्जियको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएकोछ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युबाहरुको समुहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने र मतपेतिका तोडफोड गरेका छन ।
यस कार्यलाई रोक्ने प्रयास गर्दा २ जना घाइते भएर अस्पताल भर्ना भएका छन भने अन्य केही सामान्य घाइते भएका छन । अस्पातल भर्न हुनेमा कोषाध्यक्ष पदका उम्मेद्वार पुष्प नेपाल एनआरएनए बेल्जियमकी पूर्व उपाध्यक्ष सारदा अर्याल रहेकाछन । मतदान स्थलमा रहेका पत्रकार ओम शर्मा लागायतका केही ब्यक्ति सामान्य घाइते भएकाछन ।
घटना स्थलबाट बेल्जियम प्रहरिको टोलिले प्रमाणहरु संकलन गर्ने र संस्थाका जिम्मेवार बर्तमान अध्यक्ष चित्र सुबेदी, अध्यक्ष पदका उम्मेद्वार खड्क् केसी, सिपी भट्ट् , निर्वाचन सन्योजक लोक दाहाल र सदस्य सचिब शिव बरुवाल सँग छलफल गरी केस तयार गरेको छ ।
फोडिएको मतपेटिकाबाट केही मतपत्र च्यातिएका भए पनि अन्य मतपेतिकामा खसेका मतपत्र सुरक्षित रहेका छन । निर्वाचन समितिका संयोजक लोक दाहालले सबै उम्मेद्वारहरु र केन्द्रिय पदाधिकारीको सल्लाहमा आगामी कदम चाल्ने बताएका छन ।
मतदiन स्थलमा रहेका अध्यक्ष पदका उम्मेद्वार खड्क बहादुर केसी र अनुजा प्रधानले अर्का उम्मेद्वार सिपी भट्टको निर्देशनमा मतदान प्रकृया बिथोल्ने काम भएको आरोप लगाएका छन् ।
सिपी भट्टले मतदाता नामावली र निर्वाचन प्रक्रियामा धाधली भएकोले निर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन् । – चरदिशा