लिस्वन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने निर्बाचनमा १४ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्।
निर्बाचन समितिले आज मात्रै उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।
हरेक बर्ष राजनैतिक प्यानलबाट निर्वाचनमा होमिनेहरुको दबदबा हुने भएतापनि संघभित्रका बेथितिहरुबाट आजित भएपछि यसपटकको निर्वाचनमा उम्मेदवारको संख्या पनि उल्लेख्य रहेको छ।
संघका क्षेत्रीय समितिहरु नर्थ, अलेन्तेजोमा २०२१-२३ का लागि नयाँ कार्यसमिति निर्बिरोध चयन भएतापनि अल्गार्भमा निर्वाचन हुन सकेको छैन ।