लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुन गईरहेको निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवारहरुलाई संघकै प्रवक्ता राम खनालले चुनौती दिएका छन्।
सामाजिक संजालमा ” स्वतन्त्रका जमाना गए ” भन्दै स्वतन्त्र उम्मेदवारहरु बिरुद्द अभिव्यक्ति दिदै आएका छन्। संघको प्रवक्ता पदमा रहेका भगौडे प्रवक्ता खनालले स्वतन्त्र उम्मेदवारहरुलाई चुनौती दिदै पार्टीको उम्मेदवार भएर आउन चुनौती दिएपछि उनीविरुद्ध सामाजिक संजालमा चर्को आलोचना भएको छ।
एनआरएनए पोर्चुगलका प्रवक्ता नै मान्दैनन आचार संहिता : संघभन्दा काँग्रेस पार्टी प्यारो !
आलोचनापनि उनले आफ्ना अभिव्यक्तिहरु मेटाउदै गएका छन्। संघको प्रवक्ता भएर पनि आफु निकट पार्टीको काममा बढी तल्लिन हुने खनालको संघभित्र सक्रियता भने शुन्य छ।
नेपाली काँग्रेस निकट जनसम्पर्क समितिको सिफारिसमा संघको सदस्यमा मनोनित भएर प्रवक्ता बनेका खनालको दुई बर्षे कार्यकालमा प्रवक्ताको हैसियतमा संघको काम कारवाहीको बारेमा कुनै पनि जानकारी दिने गरेको पाईएको छैन, तर मनोनित हुदा उनले आफुले चिनेजानेका अनलाइनतिर भने “संघको प्रवक्तामा खनालको छलांग ” शिर्षकमा समाचार छपाउदै निकै हो-हल्ला गरेका थिए।
संघको प्रवक्ता पद ओगटेर उनि पोर्चुगल छोडेर लामो समयदेखि बेलायतमा बस्दै आईरहेका छन्।