धादिङ ।
धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् ।
जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिएका छन् ।
डीएसपी खड्काले भने , ” शव सडेको अवस्थामा बरामद भएको छ । जाँचका लागि शव उठाइसकेका छौं। जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।”
मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ ।
घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।