लिस्बन।
पोर्चुगलमा कारले साइकललाई ठक्कर दिदा साइकलयात्री गम्भीर घाइते भएका छन्।
बार्सेलोसमा भएको दुर्घटनामा गम्भीर घाइते भएका १७ बर्षीय युवाको साओ जॉओ अस्पताल पोर्तोमा उपचार भईरहेको छ।
घटनास्थलमा पुगेको एनेम एम्बुलेन्सले घाइते साइकलयात्रीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि अस्पताल लगेको हो।
घटना आज बुधवार बेलुका ७ : २० बजेतिर भएको प्रहरीले जनाएको छ।