पोर्चुगलमा ४७ प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको पूर्ण खोप लगाए !

लिस्बन।

पोर्चुगलमा ४७ प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको खोप पूरा गरिसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

उसका अनुसार ६४ प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको पहिलो खोप लगाईसकेका छन्।

८० बर्ष माथि उमेर समूहका ९५ प्रतिशत नागरिकले खोपको पुरा मात्रा लगाईसकेका छन्।

त्यस्तै ६५ देखि ७९ बर्ष उमेर समुहमा ९१ प्रतिशत, ५०-६४ बर्ष उमेर समुहमा ७७ प्रतिशत, २५-४९ बर्ष उमेर समुहमा ३० प्रतिशत, १८-२४ बर्ष उमेर समुहमा ६ प्रतिशतले भ्याक्सिन लगाईसकेका छन्।

त्यस्तै क्षेत्रका आधारमा लिस्बन र तेजो, उत्तरी क्षेत्र र अल्गार्भमा ४६ प्रतिशतले , मध्यक्षेत्रमा ५१ प्रतिशत र अलेन्तेजोमा ५४ प्रतिशतले भ्याक्सिन पूरा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार