लिस्बन ।
गैरआवासीय नेपाली संघ ‘नर्थ पोर्चुगल’ को प्रथम अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले दीपक सापकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति समेत चयन गएको छ। करिब दुई साता अगाडी दिपक कै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मोहनसिंह खड्का र अन्य उपाध्यक्षहरुमा ठाकुर प्रसाद अधिकारी, प्रकाश पुरी, जगन्नाथ पाण्डे चयन भएका छन । अधिवेशनले सोविता खत्रीलाई महिला उपाध्यक्षमा चयन गरेको छ ।
यस्तै समितिको महासचिवमा दीपक गौतम चयन भए भने सचिवमा नविन खड्का र शेखर पण्डित चयन भएका छन । सोमबार सम्पन्न अधिवेशनले बोधराज लिम्वुलाई कोषाध्यक्ष र सन्तोषी थापा छन्त्याललाई महिला संयोजकमा चयन गरेको छ ।
समितिको युवा संयोजकमा गोविन्द प्रसाद अधिकारीलाई चयन गरिएको छ भने सदस्यहरुमा सुदिप खरेल, नवीन ढुंगाना, राहुल शर्मा, किशोर केसी र रबिन सापकोटा चयन भएका छन् ।
एनआरएनए ‘नर्थ पोर्चुगल’ ले पोर्तो, कोइम्ब्रा, भिलारियल क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई समेटेको छ।