एनआरएनए पोर्चुगल : कार्यसमिति पदाधिकारीहरु नै संघको सदस्य संख्या कति छन् भन्ने बारे छैनन् जानकार !

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलको अधिबेशन ३१ जुलाईमा सम्पन्न हुने कार्यतालिका संघले सार्वजनिक गरेको छ। तर अधिबेशन र निर्वाचनका लागि संघमा कतिजना सदस्य बने वा कतिले नवीकरण गरे भन्नेबारेमा अहिलेसम्म आधिकारिक तथ्यांक संघले सार्वजनिक गरेको छ।

सदस्य बन्ने म्याद सकिएको दुई साता बितिसक्दा पनि संघले सदस्य र मतदाता नामावली सार्वजनिक नगर्नुलाई आम नागरिकले शंकाको घेराले हेरेका छन्।

अर्कोतिर बर्तमान कार्यसमितिमा अध्यक्ष र महासचिव बाहेक संघमा अहिलेसम्म कति जना सदस्य बनेका छन् भन्ने जानकारी छैन। आफै पदाधिकारी भएको संघमा सदस्यता र संख्या बारे अन्यौल भएपछि अधिकाँस पदाधिकारीहरुलाई नेतृत्वसँग रुष्ट भएका छन्।

आइएमएस प्रणाली हेर्ने अधिकार संघका अध्यक्ष तिलक गैरे र महासचिव हेमराज सुबेदीसँग मात्रै भएको र उनीहरुले आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई सुचना, जानकारी र तथ्यांक नदिएको भन्दै पदाधिकारीहरु रुष्ट भएका छन्।

आम श्रमिक नेपालीहरुले संघको सदस्य बन्न रुचि नदेखाएपछि नेतृत्वले ४-४ पटक सम्म म्याद थप गरेको थियो।

संघले ४ जुलाईमा नै एक सूचना जारि गर्दै २७३४ जनाले केन्द्रिय सदस्यता प्रणालीमा सदस्य बन्न आबेदन दिएको जनाएको थियो। ति आबेदनहरुमध्ये सबै विवरणहरु रितपुर्बक पेश गरि १९३४ जना रहेको दाबि समेत उसले गरेको थियो। अन्य धेरै विवरणहरु रित नपुर्याई केहि छुटपुट विवरणहरु सहित पेश गरि ८०० जनाको सदस्यता पेण्डिङमा रहेको जानकारी गराएको थियो।

संघको केन्द्रिय आइएमएस प्रणालीमा हेर्दा पछिल्लो एक सातादेखि सदस्य संख्या १६८८ मै रोकिएको छ। आइएमएस प्रणाली हेर्ने अधिकार संघका अध्यक्ष तिलक गैरे र महासचिव हेमराज सुबेदीसँग मात्रै भएको र उनीहरुले आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई सुचना, जानकारी र तथ्यांक नदिएको भन्दै पदाधिकारीहरु रुष्ट भएका छन्।

सामाजिक कार्यका लागि गठन भएको नेपालीहरुको सामुदायिक संस्थाको रुपमा दाबि गर्दै आएको संघले आफ्नै कार्यसमितिका पदाधिकारीहरुलाई समेत तथ्यांक दिदैन भने आम नेपालीले के आशा गर्ने ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार