लिस्बन।
पोर्चुगलमा ४० बर्ष वा सो भन्दा बढी उमेर भएकाहरुले कोरोना भ्याक्सिनका लागि पालो कुर्नु नपर्ने भएको छ।
स्वस्थ्य महानिर्देशनालयका अनुसार सो उमेर समुहकाहरुले अपोइण्टमेन्ट बिना आफ्नो स्वास्थ्य सेवाद्वारा निर्दिष्ट गरिएको कोरोना भ्याक्सिनेशन सेन्टरमा गएर कोरोना भ्याक्सिनको पहिलो डोज लगाउन सक्नेछन। यो सेवा पछिल्लो ६ महिनाको अवधिमा कोरोना संक्रमण नहुनेहरुले मात्रै प्राप्त गर्न सक्नेछन।
” खुल्ला घर ” नाम दिईएको सो अभियानले ४० बर्ष वा बढी उमेर भएर र कोरोनाको भ्याक्सिन लगाउन छुटेकाहरुले लाभ लिनसक्ने स्वस्थ्य महानिर्देशनालयले जनाएको छ।
थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको वेब साइट https://covid19.min-saude.pt/casa_aberta मा हेर्न सकिनेछ।