पोर्चुगलमा दक्षिण एशियाली आप्रवासी : सामान्य बिबादमा बिच सडकमै चक्कुले आफ्नै साथीको घाँटी रेटेर छिनालिदिए !

लिस्बन।

पोर्चुगलको सिसेम्ब्रामा दुई आप्रवासीबिच सामान्य बिबाद हुदा एकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

दक्षिण एसियाली मुलका दुई आप्रवासीबिच सामान्य कुरामा भनाभन हुदा बिबादले उग्र रुप लियो।

उनीहरु दुबै साथि थिए। बिबादले उग्र रुप लिएपछि एकले चक्कु लिएर आए र आफ्नै साथीको घाँटी रेटेर छिनालिदिए।

त्यसपछि आफ्नै साथीको हत्या गर्ने व्यक्तिले आफैलाई बारम्बार छुरा रोपे। यत्तिकैमा घटनास्थलमा प्रहरी पुगे र आक्रमणकारीलाई नियन्त्र गरे। घाइते भएका आक्रमणकारीको अस्पतालमा उपचार भईरहेको छ।

प्रहरीले मृतक र आक्रमणकारी दक्षिण एशियाली मुलका भनेतापनि कुन देशका नागरिक हुन् र को हुन् भन्ने बारेमा खुलाएको छैन।

घटना ६ जुलाई बेलुकाको हो।
#फाइल फोटो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार