पोर्चुगलमा २०२१ को पहिलो ५ महिनामै २३० चिकित्सकले स्वास्थ्य सेवा छोडे !

लिस्बन।

पोर्चुगलमा २०२१ को पहिलो ५ महिनामै २३० चिकित्सकले स्वास्थ्य सेवा छोडेका छन्।

अघिल्लो बर्ष सोही समयमा ६५३ जना चिकित्सकले स्वास्थ्य सेवा छोडेका थिए। यो संख्या अवकास प्राप्त गर्ने चिकित्सकको हो।

यो बर्षको पहिलो पाँच महिनामा अवकास प्राप्त गर्ने २३० चिकित्सकमध्ये १३१ जना बिज्ञ चिकित्सक रहेका छन्।

स्वास्थ्य सेवा चिकित्सकहरुको कमी भएपछि सरकारले थप सुबिधा सहित अवकासप्राप्त चिकित्सकहरुलाई सेवा गर्न गत आव्हान गरेको थियो। त्यसयता ३४६ जना अवकास प्राप्त चिकित्सकहरुले राष्ट्रिय स्वास्थ्य सेवामा काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार