लिस्बन।
गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको सदस्य बन्नेहरुको संख्या अघिल्लो बर्षको तुलनामा निकै कम छ। सदस्य बन्न तेश्रो पटक म्याद थप्दा पनि सदस्य बन्नेहरुको संख्या उत्साहजनक नभएपछि संघले भित्रभित्रै सदस्य थपिरहेको छ।
“पछिल्लो समय संघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि संघप्रति आम नेपालीको रुचि घट्दो छ। नेतृत्व आफ्ना गल्तीहरु स्वीकार गर्न र सुध्रिन तयार छैन, आम नेपाली श्रमिक संघको सदस्य बन्न राजी छैनन्।”
सदस्य बन्ने अन्तिम म्याद ३ जुलाईसम्म ४३४ जना मात्रै सदस्य बनेपछि संघले भित्रभित्रै सदस्य थप्ने कार्य जारि राखेको छ। म्याद सकिएको एक सातापछि पनि भित्रभित्रै सदस्य संख्या थप गर्दै यो समाचार तयार पार्दासम्म संघमा १ हजार ५४२ जना सदस्य बनेका छन्।
श्रोत भन्छ, ” आइसीसीमा एक हजार सदस्य बराबर एक प्रतिनिधि जाने व्यवस्था छ। त्यसैले, आइसिसि’मा दुई जना प्रतिनिधि पठाउन संघले भित्रभित्रै दुई हजार सदस्य पुर्याउने कार्य गरिरहेको छ। ”
शुरुमा संघको सदस्य बन्ने अन्तिम म्याद २६ जुन निर्धारण गरिएको थियो। सो समयमा संघको पंजीकृत सदस्य बन्नेहरुको संख्या सयभन्दा पनि कम थियो।
लगत्तै संघको कार्यसमितिको बैठकले पंजीकृत सदस्य बन्ने म्याद बढाएर ३० जुन कायम गर्यो। उक्त समयमा पनि पोर्चुगलमा रहेका आम नेपालीले संघको सदस्य बन्न खासै रुचि देखाएनन्। संघमा आफ्नो प्रभुत्व जमाउन लागिपरेका दुई फरक राजनैतिक धारहरु जनसम्पर्क समिति र प्रवासी नेपाली मंचले जति बल गर्दा पनि आफ्नै कार्यकर्ताहरु पनि संघको सदस्य बन्न राजि भएनन्।
पछिल्लो समय संघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि संघप्रति आम नेपालीको रुचि घट्दो छ। नेतृत्व आफ्ना गल्तीहरु स्वीकार गर्न र सुध्रिन तयार छैन, आम नेपाली श्रमिक संघको सदस्य बन्न राजी छैनन्।
थपिएको समयमा पनि सदस्यहरुको संख्यामा खासै बढोत्तरी नभएपछि संघले आकस्मिक बैठक गर्दै दोश्रोपटक सदस्य बन्ने म्याद एक दिन थपेर १ जुलाई बनाएको थियो । एक जुलाईको मध्यरातिसम्म मात्र ३९६ जना सदस्यहरु प्रमाणीकरण भएका थिए ।
संघका अनुसार सदस्य बन्ने अन्तिम म्याद ३ जुलाईको मध्यराति सकिएको हो ।
संघको आधिकारिक तथ्यांक अनुसार लिस्बन क्षेत्रमा ९५६ जना, अल्गार्भमा २३० जना , अलेन्तेजोमा २१७ जना , सेतुवालमा ४९ जना, पोर्तोबाट ७८ जना र कोइम्ब्राबाट १२ जना सदस्य बनेका छन्।
NRNA PORTUGAL MEMBERSHIP UPDATEDसंघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि एकातिर संघलाई बहिष्कार गर्नेहरुको संख्या बढ्दो छ भने अर्कोतिर संघका पदाधिकारीहरुको गुण्डागर्दी, दादागिरी, र ठगी काण्डबाट असन्तुष्ट भएका युवा पक्षले समानान्तर एनआरएनए खोल्ने चेतावनी दिदै आएका छन्।
संघले नयाँ सदस्यता र नविकरणको लागि अनलाइन आबेदन दिनेको संख्या उत्साहजनक भएको दाबी गरेको छ । सदस्यता प्रमाणीकरण कार्य भईरहेकोले यो संख्या निकै बढ्नसक्ने उसको भनाई छ।